डाइनामिक टेक्नोसफ्टको बुटवलमा शाखा विस्तार गरिएको छ । एक दशकभन्दा पनि लामो समयदेखि नेपाली र अन्तर्राष्ट्रिय बजारमा आईटी सम्बन्धि सेवाहरूको साथै सफ्टवेयर विकास र वेब सर्भिसेसहरु दिँदै आएको कम्पनीले यसअघि प्रदेश नं २ र बागमती प्रदेशमा सेवा संचालन गरिसकेको छ ।
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले उपलब्ध गराएको स्टुडेन्ट प्लान अन्तरगतको जुम, माइक्रोसफ्ट टिम्स, गूगल मिट चलाउन सकिने डेटाबाट अब डायनामिक एकेडेमी ईआरपी एप पनि चलाउन सकिने भएको छ ।
कडाइनामिक इआरपीमा एकाउन्ट, ट्रान्सपोर्ट, लाइब्रेरी, पेरोल, जिपिएसको समाधान दिन सकिन्छ । यसमार्फत विद्यालयले सबै आर्थिक व्यवस्थापन पारदर्शीरुपमा राख्न सक्छन भने विद्यार्थीले शुल्क तिरेको जानकारी सम्वन्धित निकाय र अभिभावकमा अपडेट हुनेछ ।